बाम्राङ परिवार

काजिहो रामराम घर हाम्रो सिरिसे बाम्राङ

बाम्राङ गा‍‍ वि स को परिचय

गा. वि. . बाम्राङ

                                                 एक परिचय

 

       खोटाङ जिल्ला क्षेत्र . अन्तर्गत पर्ने एउटा गाउँ विकाश समितिको नाम हो बाम्राङ्ग यो गा. वि. सदरमुकाम दिक्तेलबाट नजिक अथवा जोडिएको गा.वि.स पनि हो। यांहा पुग्नको लागी अहिलेसम्म कतैबाट यातायतको सुबिधा नभए पनि दिक्तेल सदरमुकामबाट वडा नं मा अबश्थीत गा. वि. भवनसम्म आइपुग्ने गरी धुले कच्ची सडक बाटो खन्न शुरु गरीएको यदी यो बाटो पुर्ण रुपले सम्पन्न भयो भने साना साना ट्रक भ्यानहरु ओहोर दोहोर गराउन सकिन्छ तर अहिलेसम्म याँहाको बासीन्दाले आफ्नो सदरमुकाम दिक्तेल सम्मको यात्रा खुट्टालेनै हिंडेर गरीरहेको छन् करीब आधा घण्टाको पैदल यात्रा गरेपछि सदरमुकाम पुग्न सकिन्छ । 

          बाम्राङ गा. बि. हेर्दा सानो भए पनि याहां निकै बाक्लो बस्तीहरु छन् किन भने यो क्षेत्रमा धेरै समतल थोरै भिरालो जमिन भएकोले गर्दा पनि बस्ती बस्नको लागी उपयुक्त मानिन्छ यो गा. वि. सको बनावटको बिषयमा भन्नु पर्दा दक्षिणतिर अलिक सानो बिचतिर फराकीलो हुंदै गएर उत्तरतिर फेरी खुम्चीदै गएर मुख जस्तो भएकोले यसको आकार हेर्दा करिब चिण्डो-(वाबु) जस्तो देखिन्छ यस गा.वि.समा जम्मा वटा वडाहरु छन् जस्तै- .सखु .शिरिसे .काहुले .कट्टी .सामातुङ्ग .झिसेपु .खत्रीगाउँ .थापागाउँ .चुप्ला यस गा.बि सको उत्तरपटि कुभिण्डे नुन्थला पर्छ भने पश्चिमतिर बुइपा दक्षिणतिर खाल्ले अनि पूर्बतिरको सिमानामा सदरमुकामका साथै दिक्तेल पर्दछ

         यस गा.वि.सको देब्रेबाट दिखुवा खोलाले सिमाना पार गर्दै दक्षिणमा गएर समाप्त हुन्छ यो खोलाले यसको  खुंजबाट केहि भिरालो भागलाई राम्रो उर्बरशक्ति प्रदान गर्दै उत्तरतिर लम्कीन थाल्छ यो दक्षिणी भेगमा पर्ने भएकोले धानको उत्पादन ज्यादै राम्रो हुन्छ गहुं,आप,कटहरहरु पनि प्रशस्तैमात्रामा फल्छ यसको मौसममा सदरमुकामका बासीन्दालाई राम्ररी लाभा्न्वीत बनाएको जब यो उत्तरतिर लम्कीन शुरुहुन्छ यसले दिखुवा खोलालाई देब्र पार्दै ढोडेखोलालाई दाहिने पार्दै  आफ्नो बाधेर राखेको हात पसारेर  आफ्नो आकारलाई ठूलो पार्दै सितल हावालाई अंगाल्दै भिर अथवा भिरालो जमिनलाई छाड्दै समतल भूमितिर शुरुहुन्छ यो जमिनमा मुख्य कोदो मकै, गहूं, धान नै उत्पादन हुन्छ आफ्नो सिमानालाई छेकारा मार्दै फेरी दिखुवा खोलालाई देब्रे पार्दै ढोडे खोलालाई छाडेर झिसेपु खोलालाई साथमा लिएर उकालो लाग्दै जांदा निकै माथी पुगे पछि लेक शुरुहुन्छ जहाँ हामीले धान, गहुं, बालीलाई देख्न सकिन्दैन मात्र कादो, मकै देख्न सकिन्छ जब बाम्राङ्ग गा.वि.सको उत्तरतिर पुगिन्छ अनि हात पसारेर हिडेको मानिस फेरी हात लुकाएर आफ्नो जिउमा हात लुकाए जस्तो देखिन्छ आफ्नो आकारलाई सानो बनाएर समाप्त हुन्छ बाम्राङ्ग गा वि.सको उत्तरीभेगतिर अन्नबाली ज्यादै कम हुन्छ यो क्षेत्रमा मकै आलुमात्र उत्पादन हुन्छ थारै मात्रामा बन जंगल प्रशस्तै मात्रमा खर्कहरु छन् जसले गर्दा पशुपालनको लागी ज्यादै भरपर्दो ठाउँ हो यो झ्याली कुवा, सिन्दुरे खर्क नाके डाँडा, गिद्दे पहरा याँहाको पशुपालनको लागी अती भरपर्दो ठाउँ हो बैशाख, जेष्ठतिर याँहाको रैथाने बोटबिरुवाहरु जस्तै कटुस, मान्द्रे चिरैतोहरु फलेर फुलेर लटरम्मै हँदा जो कोहि लाई पनि मोहोनी लगाए भन्दा सारो हुरुक्क बनाउँछ यो मौसममा त्यस वरिपरीका मानीस्ले कटुस टिपेर बेचेर सानो तिनो गर्जोनै टार्ने गर्दछ यो ठाउँ निकै उचाइमा पर्ने भएकोले दक्षिणतिर फर्केर हेर्दा निकै रमाईलो दृश्यहरु देख्न सकिन्छ जस्तैदक्षिणतिर फर्केर हेर्दा दिखुवा खोला तराइको समतल भूमिलाई भेट्न हतार गरेर सलल बगेको देखिन्छ भने देब्रतिर फर्केर हेर्दा सदरमुकाम दिक्तेल बजार पशुपतिको ठूलो साढेंगोरु अघाएर डम्मपरेर भुंइमा लमतन्न बसेझैं देखिन्छ भने दाहिनेतिर मोहुरे डाँडा आफ्नै मौलीक्ता लिएर शान्तसंग बसेको भने घरी घरी साना साना ट्रकले मानिस्लाई हलेसी महादेवस्थान दर्शन गर्न लादै गरेको ल्याउँदै गरेको देखिन्छ समग्ररुपमा भन्ने हो भने मौसममा एक दमै गर्मी पनि हुदैन बिहानी पख मधेसबाट आएको हावाले साप्सुखोला दिखुवाखोलाको चिसो पानीको बाफ बोकेर ल्याएर चिसो गराउँछ भने बेलुकी लेक रुपाकोट देउराली डाँडाबाट आएको हावाले बुकी फूल, गुरांसको फूल जडी बुटीको सुगन्ध बोकेर ल्याएर शरीरनै चिसो सुगन्धीत बनाउंदै रोगहरु सबै निको पार्छ भन्ने भनाइ । साँच्चै भन्ने हो भने बाम्राङ्ग गा.वि सको हावा पानी ज्यादै राम्रो भनाइनै किबाह्रैमास एउटै सिरक जाडो मौसममा बढी जाडो पनि हुदैन गर्मी मौसम्मा बढि गर्मी पनि हुँदैन

                                                 
 
शिक्षा

     शिक्षा क्षेत्रमा भने यो गा. वि. निकै पछाडी किन भने त्याँहाको सोझासिधा बासीन्दालाई अन्धबिश्वाशले पछिसम्म हाडेन भने जब सबैले कुरा बुझ्न थालेपछि गरिबीको थिचाइले पनि शिक्षा क्षेत्रमा नराम्ररी अक्सर पार्यो बुढापाकाको भनाइनै पढिगुनी के काम हलो जोती मामअलिक पछि ब्रिटीश आर्मीमा लाहुरे लाग्नको लागी चाहिने जती पढ्ने नलागे पढाई छाड्ने प्रथा निकै चल्यो मानिसहरु जब कुरा बुझेर पढ्न थाल्यो त्यस पछि  भने राम्रो पढ्ने पनि केहि मात्रमा देखा पर्न थाल्यो जस्ले अहिले आएर मार्स्टस् डिग्री सकेर -आफ्नो पेशा अंगालेर जीवन गुजारा राम्ररी गरीरहेका छन् बिभिन्न बिषयमा मार्स्टस् गर्ने ५ जना जति छन्-(बढी पनि हुन सक्छ) मेडीकल डक्टर, इन्जीनियर,पाईलट गर्नेहरु पनि छन् स्मरणरहोस हंगकंगमा पहिलो नेपाली मान्यता प्राप्त मेडिकल डाक्टर पनि बाम्राङका प्रताप राई हुन । आफ्नो सदरमुकाम दिक्तेलमा प्राध्यापक भएर जनाले पढाउँदै छन् जस्तै राम प्रशाद राई (अर्थशास्त्र) केसर राई (गणीत) पहिले भन्दा अहिले शिक्षा क्षेत्रमा निकै सुधार आएको देखीन्छ यस गा. वि. समा एउटा माध्यामिक बिध्यालय छन् भने वटा प्राथमिक विध्यालयहरु छन् उच्च शिक्षाको लागी सदरमुकाम दिक्तेलनै जानुपर्छ

                                                   पेशा

        यस गा. वि. सका मानिस् कृषिमानै निर्भर हुनु पर्दछ पहाडी क्षेत्रमा कृषिमा निर्भर पर्नु भनेको ज्यादै अफ्ठेरो कुरा हो किन भने कहिले खडेरी, हावाहुरीले बाली नाली नष्ट गर्ने भएकोले त्याँहा भरपर्दो हुंदैन राम्ररी हावा पानी मिल्यो भने त्याँहाका आधा जती जनसंख्यालाई खान राम्ररी पुग्छ अहिले बेरोजगार युवाहरु रोजगारीको लागी काम खाज्दै अरब, मलेशीया लाग्ने क्रम दिनानुदिन बढ्दो भने हङकङ आइडीमा पनि निकै गएको देखिन्छ पुर्खा देखि चलि आएको इण्डीया आर्मी, नेपाल पुलिस, नेपाल आर्मी,सिंगापुर पुलिस ब्रिटिश आर्मीमा पनि रोजगारीको लागी यस गा. वि सका युवाहरु प्रत्येक बर्षगइनै रहन्छ सांच्चै भन्ने हो भने बिदेशी रेमिटेन्स्ले बाम्राङ्ग गा.वि सका मानिसहरुलाई निकै टेवा पुयाएको छन्

                                         भाषा धर्म संस्कृती

       बाम्राङ गा.वि.समा किरांत चाम्लिङ राईको बहुमत छन् भने त्यस पछि क्षेत्री, बाहुन, नेवार, कामी, दमै, सार्की, भुजेल मगरहरु पनि रहेका छन् यी सबैको साझा भाषा नेपालीनै हो तर आफ्नो भाषा भएको किरांत चाम्लिङे राईहरुको जनसंख्या धेरै भए पनि चाम्लिङ भाषा थोरैले मात्र बोल्ने गर्दछ मगरहरुको पनि आफ्नै भाषा भए पनि उनिहरु आफ्नो भाषा बोल्दैन

             यो गा.वि समा बसोबास गर्ने मानिस्ले मान्ने धर्म भनेको आफ्नै किसीमको छन् कोहि कृश्चियन् छन्,कोहि हेवन्ली पाथ पनि मान्ने गरेका पाइन्छ तर उनिहरु हातको औंलाले गन्न सकिन्छ चाम्लिङ्ग राई बाहेक अरु सबै जातीहरुले हिन्दु धर्म मान्छ भने किरात राई चाम्लिङहरुले आफ्नो पुर्खौर्ली मुल धर्म मानी आएको यो आदीबासी जनजातीको धर्म भएकोले यसको आफ्नै किसीम्को महत्व किरांतीहरु प्रकृती पूजक हो जस्ले प्रकृतीको पूजा गर्छ विश्वास पनि गर्छ बर्षमा दुई पटक उधौली उभौलीको पूजा गरिन्छ जस्मा प्रकृतीको साथै आफ्नो दिवंगत पितृको पनि सम्मान गर्दै पुजीन्छ बर्षमा एक पटक उभौलीमा धुमधामसंग  साकेला (फागु) नाच नाचीन्छ बाम्राङ गा.वि सको वटा वडामा साकेला नाच गरीन्छ जस्तै- वडा .१ मा वडा नं २र३ एकै ठाउँमा वडा .४मा वडा . ५मा वडा . ९मा

      किरांत रार्ईहरु बाहेक अरु जाती अथवा धर्मवलम्बीहरुले आफ्नै किसीमले उनीहरुको रितीरिवाज गर्दै आएको भए पनि त्यती धुमधामसंग गरेको पाइन्दैन

        निर्वाचन आयोग २०६३ मङसिर मसान्तसम्मको मतगणनाको रेकर्ड अनुसार बाम्राङ गा वि स को मतदाता सङख्या जम्मा २८७६ हो।जसमा वडा न- १- २८०,  २- २५६, ३-४२६, ४- २२३, ५- ३८३, ६- २९९, ७-२९८, ८- ३५१, ९- ३६०।

                  

                                                                                     पिताम्बर राई

                                                                                     खोटाङ बाम्राङ ५

                                                                     हालहङकङ

 

      

 

 

August 19, 2008 - Posted by bamrang | लेख बिबिध | | 5 Comments

5 Comments »

  1. I,m proud of you Bhanja. you have done great job giving our VDC’s introduction. it was great pleasure to read about the place i born. now i have felt that our Bamrange people have little bit advanced ahead. please keep it up and wish you best of luck. khagendra shankhule.

    Comment by khagendra rai | September 1, 2008 | Reply

  2. मामा हजुर के गर्ने आफ्नो देशको समस्याले भौतारिनुको पिडा अनि साथी भाईको यादले कुत्ति कुत्त लाग्नुको नमज्जा र आफ्नो गाऊँघरको संझनाले छटपटिनु बाहेक अरु के नै पो छ र जिन्दगिको सार ? त्यसकै सानो ऊदाहरण हो यो जानी नजानि लेखेको आफ्नो गा‍‍ वि स को परिचय । कमेन्ट्सको लागि धन्यबात ।

    भान्जा पिताम्बर राई सामातुङे

    Comment by पिताम्बर राई | September 10, 2008 | Reply

  3. you have done great job. we all Bamranges prouf of you and personally i have no comments.

    khagenra uk

    Comment by khagen | September 25, 2008 | Reply

  4. Namaskar all members of Ba. Ga. Bi.Sa.
    Uncle Pitambar thank you for providing this opportunity to say hello to all.
    Mainly, this is an excellent idea please let us join from other end too. The moto of this might be “who we are and where do we come from” thanks again for being unity.

    All the best.
    With regards
    Harikumar Rai (UK) – Samatung 5

    Comment by Harikumar Rai | November 8, 2008 | Reply

  5. नमस्कार अनी सम्झना सम्पूर्ण हङ्कङ मा रहनु भएका बाम्राङ्गे परिवारलाई । तपाईंहरुको एकत्ता, मेलमिलाप अनी एक-अर्काप्रतिको माया र सदभाव देखेर धेरै खुशी लाग्यो । मलाई विश्वास छ तपाईंहरुको यो एकत्ताले सधै निरन्तरता पाईरहनेछ ।

    हाम्रो हङ कङ को छोटो बसाइलाई अती अविस्मरनिय बनाइदिनुहुने तपाईंहरुलाई धन्नेवाद प्रदान गर्नको निम्ती यो भान्जाको comment box प्रयोग गरेको छु । आशा छ भान्जाले स्वीक्रिती दिनु हुनेछ ।

    सर्ब प्रथम मेरो भाई दिल र बुहारिलाई धेरै धेरै धन्नेवाद । वहाँहरुले आयोजना गर्नुभएको भेलामा धेरै बाम्राङ्गे दाजुभाइ-दिदिभहिनिहरु र नाता-आफन्तहरुसँग दशकौवाद भेटेर दु:ख-शुखका वाद्हरु आदान्-प्रदान गर्ने अवसर मिल्यो ।

    भेलामा उपस्थित मेरो काका, मामा बलराज, दाई खगेन, दाई किन्दर र भाउजु, भान्जा पिताम्बर, भतिज प्रकाश र बुहारी अनी नातिहरु साथै अन्य सबैलाई धरै धेरै धन्नेवाद । कामको ब्यस्ताको करण उपस्तित हुननसक्नु भएका सम्पूर्ण बाम्राङ्गे परिवारलाई म र मेरो परिवारको तर्फबाट नमस्कार अनी धेरै धेरै धन्नेवाद तपाईंहरुको उद्धाहरनिय एकत्ताको निम्ती जुन सधैं फुलिरहोस्, फक्रिरहोस्, मेरो हार्दिक हार्दिक शुभकामना तपाईंहरुलाई।

    अन्त्यमा, सबै पक्षलाई समेटेर हामी जन्मे-हुर्केको भुमिको परिचय दिएर सात समुन्द्रपरी अतिब्यस्त रहेर पनि भान्जा पिताम्बरले हाम्रो बाम्राङ्लाई असिमित माया दीइरहनु भएको कुरा यो वहाँको परिचयात्मक लेखबाट स्पस्ट हुन्छ । वहाँले यो लेख मार्फत वहाँजस्तै हामी सबै बाम्राङ्गेहरुलाई जुनसुकै ठाउमा रहे पनि आफु जन्मे-हुर्केको गाउलाई माया गरिनै रहनु पर्दछ भनेर झस्कयाउनु भएको छ, प्रेरणा दिनुभएको छ । भान्जाको यो उल्लेखनिय कामले आगामी दिनहरुमा पनि निरन्तरता पाउनेछ भन्ने आशा गर्दछु ।

    मामा मेख बहादुर (सङ्खुले)

    Comment by मेख बहादुर (सङ्खुले) | January 3, 2009 | Reply


Leave a comment