बाम्राङ परिवार

काजिहो रामराम घर हाम्रो सिरिसे बाम्राङ

नया नेपाल बनाउने भए-प्रकाश रोदुङ

नया नेपाल बनाउने भए ए शिक्षित अगुवाहरु हो

युरोप,अमेरिका जापनहरुको सपना त्याग्नु पर्छ

नया नेपाल हराभरा बनाउने भए ए श्रमिकहरु हो

प्रबाशमा बेचिएको श्रमलाई मातृभूमि फिर्काउनु पर्छ

सुसंस्कार,सस्कृतिको बिकास गर्ने भए ए युवा महिलाहरुहो

मिनिस्कट हुदै,माईक्रोस्कटहैन,फरियाले घुडा छोपिनु पर्छ

नया नेपाल समृदि,सम्पन्न बनाउने भए ए सचेत नागरिकहरुहो

चोर बाटोलाई लात मार्दै रेमिटेन्स तिर्न लाम लाग्नु पर्छ

आफ्नो पहिचान राख्ने भए ए धनका अन्धाहरु हो

पुर्खाको बिरासत,रगत पसिनाले भिजाएको भूमि

कौडीको दाममा बेच्दै पलायन हुन रोकिनु पर्छ

आफ्नो शान राख्ने भए ए ब्यापारी उधोगीहरु हो

पिजा,बर्गर पाउने ठाउमा ढिडो र सिस्नुहरु पस्कनु पर्छ

नया नेपाल सुरक्षित बनाउने भए ए बीरहरु हो

भुत्तिएको दाबेहरु साँध्नु पर्छ र

गिंडिन्छ भने पनि ताख्लो

उभिन्नु पर्छ ठींग सिमानामा इतिहास जस्तो ।
 

(राई चाम्लिङ भाषामा-दाबे- खुकुरी,ताख्लो-टाउको)

September 4, 2008 - Posted by bamrang | गजल कबिता | | No Comments Yet

No comments yet.

Leave a comment