बाम्राङ परिवार

काजिहो रामराम घर हाम्रो सिरिसे बाम्राङ

बाम्राङ परिवार हङकङ

                                                                                                                 काजी हो राम राम, घर हाम्रो सिरिसे बाम्राङ्ग ।

बाम्राङ्ग परिवार हङ्गकङ्ग

प्रतिबेदन २००७

भेटघाट कार्यक्रम, २००७, डिसेम्बर , कंगन रेष्टुरेण्ट जोर्डन

 

        बाम्राङ परिवार हंगकंगको यस भेटघाट कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्ण बुबा आमा दाजुभाइ दिदि बहिनी  साथै भान्जा भान्जी, ज्वाइ चेला अन्य आफन्तजनहरु !

       यस हंगकंगको ब्यस्तताको बाबजुद पनि आज हामी फेरी यस परिवारिक भेलामा जुटेका छौं हङ्गकङ्ग हाम्रो लागि अझैपनि परदेश नै हो  यहाँ हामी बाम्राङ परिवार आफन्त भित्रका जो कोहीलाई पनि आपत बिपत पर्दा हामी परिवार भित्रकाहरुनै जुट्नु पर्दछ हङकङ ठाँउ सानो भए पनि घना बस्ती ब्यास्तताको कारणले हाम्रो आपसी भेटघाट पातलिंदै गएकोछ यसले गर्दा पुर्ब परिचीत आफन्तहरु एकअर्कालाई बिर्सन सक्ने संभावना भन्दा पनि नयाँ सन्ततीहरुले आफन्तहरुलाई नचिन्ने सम्भावना रहने हुँदा यस्ता कार्यक्रमहरुले आपसी चिनजानमा ठुलो सहयोग गर्नेछ दोश्रो कुरा, हामी संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो गाँउ ठाउँको माँयाले कहिल्यै छोडेको हुदैंन त्यस गाउँको सामाजीक कार्यमा कुनै कुनै रुपमा लगानी गरेर गाउँको माया दर्शाउने गरेकाछौं हाम्रो सानो सहयोगले त्यहाँको कुनै एउटा पक्षमा लगानी गर्दा पनि त्यहाँकोलागि ठुलो कुरा हुन आउँछ यस्तो पुन्य कार्यकोलागि हामी बाम्राङ्गेहरु पनि पछी परेका छैनौ भन्ने कुरा बिगतले देखाएकोछ

       यसरी हामी हङकङमा रहेका बाम्राङ परिवार भित्रका सदस्यहरुलाई आपद बिपद आइपर्दा सर सहयोग बाम्राङ गाउँको सामाजीक बिकासमा सहयोग पुर्याउने उद्धेस्यले स्थापना भएको यस परिवारले बिगतमा उल्लेखनिय कार्यहरु गर्दै आएकोछ हालसम्म गरि आएका केहि कार्यहरुलाई बुदाँगत रुपमा प्रस्तुत गर्नु पर्दा निम्नअनुसार उल्लेख गर्न सकिन्छ

हालसम्म भएका कार्यहरुः

. बिभिन्न समयमा बिबिक्युकासाथ भेटघाट कार्यक्रमको आयोजना गर्दै आएकोछ आजको यस भेटघाट पनि बिबिक्युको सट्टामा आयोजना गरिएको पुरक भेटघाट नै हो

. बि.सं. २०५८ मा यस परिवारले गाउँको प्रस्तावीत साबित्रा माध्यमीक बिद्यालयकोलागि आर्थिक रकम संकलन गरि पचपन्नहजार रुपैयाँ पठाउन सफल भयो जुन रकम अन्य चन्दारकमहरुको समायोजन गरि बिद्यालयको लागि एउटा चारकोठे भवन बनाउन सफल भयो

.सन २००५ मा निधन भएकी चेली नीतु राईको नाममानीतु प्रतिष्ठान, नेपालस्थापना गर्न सफल भएकोछ   बाम्राङ्ग गाविस भरीको बिद्यालयको उत्कृष्ट छात्राछात्रहरुलाई प्रोत्साहन गर्ने उद्धेस्यले स्थापना गरिएको यस  प्रतिष्ठानकालागि  यस परिवारले संकलन गर्न शुरु गरेको रकम स्थपना हुदाँ सम्ममा २३५,००० -अक्षरेपी दुइलाख पैतिस हजार) पुगेको थियो हाल त्यहाँ रहनु भएका समाज सेवी, बुद्धीजीबीहरुको सहभागीतामा उक्त प्रतिष्ठान संचालन भइ रहेकोछ यस बर्षो साधारण सभा यही २०६४ साल असार १५ गते सम्पन्न गरि बिद्यार्थीहरुलाई प्रथम पटकको पुरस्कार बितरण गरि सकेकोछ नीतु प्रतिष्ठान नेपालबाट प्राप्त प्रतिबेदन अनुसार आर्थिक वर्ष२०६३/२०६४मा रु.२४१,९५६ लगानीबाट रु.३९६६३ ब्याज प्राप्त गरेकोछ ब्याजबापत प्राप्त रकमबाट पुरस्कार बितरण खर्च कर्टाई आर्थिक वर्ष२०६४/२०६५ को लागि रु२५५,०००-अक्षेरेपी दुइलाख पचपन्नहजार) लगानी गर्ने लक्ष राखेकोछ  

आगमी कार्यक्रमहरुः

अहिले हाम्रो ध्यान फेरी साबित्रा माबि बाम्राङ्गमा नै केन्द्रित भएकोछ खास गरि भौतिक आधार अति कमजोर भएको यस

 साबित्रा मावि बाम्राङ्गले आफ्नो बिद्यालयलाई तत्काल आश्स्यक परेको भनेर यस बाम्राङ्ग परिवार हङ्गकङ्गलाई उपलब्ध गराएको  तीन आबस्यकताहरुः निम्न अनुसार रहेकोछ

. एउटा चारकोठे भवन , . चारथान कम्प्युटर . बिज्ञान प्रयोगशालाका सामग्रीहरु

दोश्रो बाम्राङ परिवार युके यस बाम्राङ्ग परिवार हंगकंगले सोचेको कुराहरु निम्न अनुसार रहेकोछ

. बिद्यालयको लागि खेलकुद मैदानको लागि जग्गा खरिद गरि दिने -युकेको सोचाइ), . मौजुद रहेको मध्ये जिर्ण भएको भवनहरुलाई  मर्मत संभार गर्ने -हङकङको सोचाइ), . बिद्यालयमा पुस्तकालयको स्थपना गरि दिने -हङकङको सोचाइ), . केहिथान कम्प्युटर खरिद गरिदिने-हङकङको सोचाइ , जुन बिद्यालयले पनि उल्लेख गरेकोछ)

यिनै माथिका आवस्यकताहरुलाई मध्यनजर गरि हामीहरुले आफ्नो गाउँलाई सहयोग गर्ने सोच बनाउँन सक्छौं आवस्यक परेमा युकेका बाम्राङ्गेहरुसँग पनि समन्वय गर्नु पर्ने हुन्छ आजको यस भेलाले पनि यस सम्बन्धमा केहि मात्रामा छलफल चलाउन उपयुक्त हुनेछ

पुर्खौली थलो बाम्राङ्ग भइ हाल संसारको जुन सुकै कुनामा रहेको भए पनि हामी सबै बाम्राङ्गे नै हौं हङकङमा रहेका यही बाम्राङ्गे   बाम्राङ्गेको ज्वाइ चेला भान्जा भान्जीहरुको एकीकृत रुप नै बाम्राङ परिवार हङकङ हो यस घरलाई बलियो बनाउने मुल आधार नै हाम्रो भावनात्मक एकता हो यस एकतालाई अझ मजबुत बनाउँन हामी सबैले प्रण गरौं

धन्यवाद !

प्रस्तोताः किन्दर राई -सचीव)

२००७, डिसेम्बर

September 5, 2008 - Posted by bamrang | लेख बिबिध | | 5 Comments

5 Comments »

  1. Dear Bamrang Pariwar,
    I would like to congratulate all of you for doing such a great job. No doubt we should work for Bamrange inspiration as much as possible. I’m also planning and have many contact with International donars’ due to transportation and time i’m unable to do such worhty contribution in this regards. I’m always in favour of Prousperious my mother village. My SALUTE to all of you for great initiation.

    With warm regards,
    Gyanin Rai
    Bamrang -5

    Comment by Gyanin Rai | September 25, 2008 | Reply

  2. Gyanin धन्यवाद
    आफ्नो मात्रिभुमिको लागि केहि गर्नको लागि सोच राख्नु भनेको पनि सानो कुरा होईन सबैले यस्तै सोच राख्दै जाऊँ अबश्य सफल्ताको सिखर चढ्न सकिनेछ।
    पिताम्बर
    बाम्राङ ५

    Comment by पिताम्बर राई | September 28, 2008 | Reply

  3. Namaskar YO KUMAR KO sampurna bamrange haruma london ko chiso thaou bata bamrange get together ramro cha + photo pani ramro cha tara khoe dharane bamrange ko anuhar tini haru bamrange bhanera chini magna chahana anyway U r the great bamrange well done keep it on.

    Comment by kumar rai | October 31, 2008 | Reply

  4. नमस्कार सम्पूर्ण देश बिदेशमा रहनु भएका बाम्राङे महानुभावहरुमा हङकङमा रहेका सम्पूर्ण बाम्राङेहरुलाई बोलाएकोमा कसैको काम बिषेशले आउन नपाए पनि धराने बाम्राङेहरु पनि छन् जस्तै राम दाई, हुनुहुन्छ मेनुका र जुवईँ अलि ढिलो आइन रेणु छोरि जुवाईँ पनि छन ।

    Comment by पिताम्बर राई | November 25, 2008 | Reply

  5. हङकङमा हुनुभएको सम्पूर्ण बाम्राङ्गे परिवारलाई मेरो हार्दिक मनस्कर। तपाईंहरुले आफ्नो जन्मभुमिको लागि गर्नु भएको काम अती नै उद्दाहरनीय छ। बाम्राङ स्कुलको निमित्त्व अझ धेरै केही गरौ भन्ने सोच तपाईंहरुमा छ भन्ने कुरा तपाईंहरुको भावी योजनाहरुबाट स्पस्ट भएको छ।

    तपाईंहरुको भावी कार्यक्रमहरु सम्पन्न गर्नको निमित्त्व ठुलै रकम जम्मा गर्नु पर्ने देखिन्छ। जस्को लागि तपाईंहरुले सोच्नु भएको जस्तै UK मा रहनुभएका बाम्राङ्गे परिवारसँग समन्वय गरेर कार्यक्रम अगाडि बढाउनु पर्ने देखिन्छ। समस्या के छ भने हामी (ब्रिटिश शेनामा, in service )हरुले बाहिर गैरहनु पर्ने भएकोले UK का अन्य गाउलेहरुसँग भनेको समयमा भेट घाट गर्न नसकिने अवस्था आउन सक्छ। मेरो विचारमा email मार्फत एक अर्कामा सर्सल्लाह र विचारहरु आदान-प्रदान गर्न सकिन्छ होला। तपाईंहरुले त्यहाँबाट र UK मा हुनुभएका गाउलेहरुले UK बाट माथिका कार्यक्रमहरुलाई सफल्ता पुर्वक सम्पन्न गर्नको निमित्त्व छलफल गरेर के कस्तो निर्णय गर्नु हुन्छ त्यो हामीलाई mail गर्नु सक्नु हुन्छ। सम्भव भएमा निर्णय गर्नु भन्दा अगाडि प्रस्तावहरु हामीलाई पनि पठाउनु सक्नु हुन्छ। एसो गरेमा हामीले पनि निर्णय पुर्व आफ्नो विचारहरु राख्ने अवसर पाउने छौ। अन्य (ब्रिटिश शेनामा, in service )दाजुभाइहरु पनि मेरो विचारमा सहमत् हुनुहुन्छ होला भन्ने मैले आशा लिएको छु।

    हङ्कङ र UK बाहेक अन्य मुलुकमा रहनु भएका बाम्राङ्गे परिवारबाट पनि इक्षा अनुसार उक्त कार्यक्रमहरुको लागि सहयोग मिल्नेछ भन्ने आशा गर्न सकिन्छ।

    एक आपस्मा विचारहरु आदन-प्रदान गर्नको लागि वैकल्पिक रुपमा यो तपाईंहरुको website को कुनै एक page लाई उपयोग गर्न पनि सकिन्छ कि भन्ने मेरो विचार मात्र हो। तपाईंहरुको भावी योजनाहरुमा मेरो तर्फबाट सत प्रतिसत समर्थन भएको कुरा तपाईंहरुलाई जानकारी गराउन चाहन्छु। एसको विसयमा further development के हुँदैछ एही website मा update हरु उपलभ्द गराउनुहुनेछ भन्ने आशा लिएको छु।

    मेख राइ (सङ्खुले)

    Comment by मेख राइ (सङ्खुले) | January 8, 2009 | Reply


Leave a comment