बाम्राङ परिवार

काजिहो रामराम घर हाम्रो सिरिसे बाम्राङ

आकास यौटा उदियमान तारा हो- पीतम्बर राई

आकाश राई कहिलेकाही कुनै मञ्चमा उभिएर कबिता बाचन गरीरहेको देखिन्छन त कहिले ताईक्वान्दो क्लवतिर गी लगाएर आफ् नो प्रतिदन्दीसंग भिड्दै गरेको भेटिन्छन् भने कुनै समय गेमहलतिर आफुभन्दा जुनीयर अथवा प्रशिक्षार्थीलाई कडाइकासाथ खेलको नियम पालना गराउँदै तेक्वान्दो प्रशिक्षण दिइरहेको देखिन्छन . यो त भयो उन्को ऐच्छिक बिषय तर आकाशको नियमित कार्य भनेको पढाइनै हो र पढाइको बिषयमा पनि अहिलेसम्म अब्बल दर्जामै छन । भन्छन उन्का गुरुहरु आकास हाम्रो स्कूलको यौटा उदियमान स्टार हो .
युवाकाल टेक्न तम्तयार यि यस्ता प्रतिभाशाली बालक पुर्बी नेपालको सगरमाथा अञ्चल खोटाङ जिल्ला बाम्राङ गा.वि.स बाबा -अधिराज) प्रकाश राई र आमा मुना राईको कोखमा सन १९९५ सालमा जन्मेका हुन । सानै उमेरदेखि चन्चले स्वभावको आकाश एकैक्षण पनि एकै ठाउँमा वस्न नसक्ने बाहिर कुदिहाल्ने लड्छ भनेर त्राहि त्राहि बनाउने, यस्तै बिगत सुनाउँछिन आकासकी आमा मुना । २ सन्तान मध्ये आकाश जेठा हुन । जव आमा बाबा १९९७ तिर हङ्गकङ्ग आए सञ्चार र यातायात सुगम बनाएर छोरा आफैसंग रहेको अनुभूति दिलाउँन आकाशलाई पनि खोटाङ्गबाट काठमाण्डौ सरुवा गरे । काठमाण्डुमा आएपछि कहिले फुपूको घरमा त कहिले मामाको घरमा वस्दै प्रारम्भिक शिक्षा काठमाण्डौको बोर्डिङ स्कूलबाट शुरु गरे आकाशले । नेपालमा जम्मा ३ बर्षअथवा यु केजी सम्मको पढाइ सकाएपछि बल्ल आमा बाबासंग हङकङ बर्साई शुरु भयो ।
हङकङ आएपछि तिक्ष्ण दिमागको आकासलाई यहाको वातावरणले तुरुन्तै प्रभाव पार्यो र उन्को जीवन शैली परिबर्तन हुदै गयो । हङ्गकङ्गमा कादुरी स्कूलबाट शैक्षिक यात्रा आरम्भ गरेको उन्ले प्रायः क्लासमा टप थ्री हुदै प्राईमरी पूरा गरेका छन । सबै बिषयमा “ए ग्रेट,, ल्याउने आकासले स्कूलबाट पनि थुप्रै पुरस्कारहरु पाएको छन । तर सेकेण्ड्री स्कुलमा भने प्राईमरिको तुलनामा चित्त बुझदो गर्न सकेका छैनन भन्ने कुरा आफै स्विकार्छन उनि । यस्को मतलव कारण स्कुलको स्टान्डरपनि हुन सक्छ ।
आकाश पढाइको अलवा खेल क्षेत्रमा पनि उदियमान खेलाडीत भईनै हाले , तर भर्खरैको कंगन रेस्टुरेण्टको कविता मेलामा काका मामाहरुको लहरमा उभिएर निर्धक्क कविता वाचन गरेपछि “हुने विरुवाको चिल्लो पात,, उखान चरितार्थ उपस्थित कविहरुले अन्दाज गरे, गर्न सकिन्छ । हाल उनि आफ्नो ब्यस्तताभित्र देउराली फुटबल क्लब अर्न्तर्गत फुटबल पनि खेल्दैछन । उन्को चौतर्फी प्रगती देख्ने जो कोहीले उदाहरण स्वरुप अगाडि र्सार्न सक्छन “आकाश जस्तो ……….,भनेर । हुनत आकाशभन्दा आगर राम्रो प्रगती गर्नेपनि कोहि हुनसक्छन तर धेरै क्षेत्रमा समान क्षमता राख्ने खुबी भएको बालक एकदमै असम्भव छ, यो अकाट्य छ, एकदमै कम पाईन्छन । हो सबै क्षेत्रमा बराबरी खुबी देखाउने आकास जस्तो बालक बिरलै पाईन्छन । अभिभावकसंगको भेटघाट लामो समय ग्याभ रहने हङकङ जस्तो अचम्मको आधुनिक शहरमा आमा बाबाको ब्यस्तताको कारण कन्ट्रोल गर्न नसकेर कति केटाकेटी युवाहरु कुलतमा फसेका छन । संगतमा आउँने धेरै युवा साथीहरु बिग्रेर लागु पदार्थको अम्मलतिर लागेर जीवन बर्वाद पार्ने ठाउँ हो हंगकंग, धन्न आकास…….समयमै उस्ले जीवनलाई चिन्यो, मतलव त्यो स्टेज पार गर्यो । जतिवेला दर्र्ब्यसनी र कुलतमा लाग्ने उर्वर समय थियो उस्ले त्यो छिचोलीसक्यो । भोली संसारलाई उ केही दिन सक्छ, देशको निम्ती उ केही गर्नसक्छ । “आमा गुणको तामा,उन्को आमा वावा प्रकास र मुनापनि उत्तिकै वधाईको पात्र छन कि यौटा यस्तो सपुत जन्माईमात्र दिएनन समाज योग्यपनि बनाईदिएका छन । आकास अहिले सेन्ट मार्गरेट सेकेन्ड्री स्कुल र्फम २ मा अध्ययनरत छन भने तेक्वान्दोमा फर्स्ट डान ब्ल्याक बेल्ट हुन ।

कम्प्युटरमा पनि अकासको निकै राम्रो दखल छ । हाल उनले  http://raiakash.wordpress.com  आफ्नै ब्लक चलाउदैछन । यसरीनै खेल क्षेत्र, कम्प्युटर, साहित्य र पढाइलाई संगै लान कतिको सफल हुने हो त्यो भविष्य उन्कै जिम्मामा छ । कर्तब्यबोध गर्न सक्ने स्टेजमा उन्को दिमाग विकसित भईसकेको हुनाले हामीले त आशा गरेको छौँ अव उनी त्यस्तो कुनै नकारात्मक बाटोमा खुट्टा हाल्न पुग्ने छैनन । उनि झुक्किदैनन । उन्को हरेकर् इण्ट्रेस्टको बिषयहरुमा सफलताले चुम्दै जानेछ किनभने माथि भनियो उन्ले त्यो स्टेज पार गरिसकेको छन, जुन ज्यादै चुनौतीपुर्ण उमेर याने स्टेज हुने गर्दछ .
आकाश राईले अहिलेसम्म मिहिनेत गरेर र दुःख गरेर प्राप्त गरेको स्कुल अर्न्तर्गतको शैक्षिक प्रमाण पत्र प्रशांसा पत्र, मेडल, शिल्डहरु थुप्रै छन् . त्यसको अलवा ऐच्छिक बिषयमा प्राप्त गरेको प्रशांसा पत्रहरु पनि थुप्रै छन् जस्तै (
१. गतसाल -२००७) मा खोटाङ समाजको दशौ बाषिर्क कार्यक्रममा प्रशंसित भै सकेकाहुन-खेल जगतमा देखाएको प्रगतीको कदर गर्दै ।
हालसम्म उनले बिभिन्न अबसरमा निम्न पदकहरु पाई सकेका छन।
२. २००६ मा हङकङ सोर्साईटि अफ तेइक्वान्दोले आयोजना गरेको प्रतियोगीतामा रजत।
३. २००६ को प्रतियोगितामा काश्य पदक ।
४. १.७.२००७ को प्रतियोगितामा स्वर्ण पदक ।
५.३१.०८. २००८ को चिदो तेइक्वान्दोको आयोजनामा भएको प्रतियोगीतामा कास्य पदक ।
उनी अशल गुरुका भरपर्दा चेलाहुन भन्दा फरक पर्दैनन ।आकाश अहिले न्यु जेनेरेशन अर्न्तर्गत राजु खडकाको कडा अनुशासनमा आफ्नै बाबुको निगरानीमा तेक्वान्दो खेलिरहेकाछन।

September 28, 2008 - Posted by bamrang | अन्तर्बाता | | 1 Comment

1 Comment »

  1. I am really glad to read about a multitalented and promising youngman, Akash. You are doing such a great job that is making, not only your parents proud of you but the whole of the Bamrang. Akash, you are the one, keep it up and you always will be.

    हार्दिक स्याबास र आशिर्वाद from सङ्खुले बाजे

    Comment by मेख बहादुर राई (सङ्खुले) | January 3, 2009 | Reply


Leave a comment