बाम्राङ परिवार

काजिहो रामराम घर हाम्रो सिरिसे बाम्राङ

गाउँको स्कुलमा कम्प्युटर पुर्याईयो-किन्दर

हङकङमा आपद बिपद पर्दा एक आपसमा सहयोग गर्ने र आफ्नो बाम्राङ गाउँको सामाजिक विकाशमा सहयोग पुयाउने उद्देश्यले स्थापना भएको हाम्रो बाम्राङ परिवार हङकङले बाम्राङ गा.वि.स स्थीत श्री साबित्रा मा.बि बाम्राङ लाई चार थान कम्प्युटर प्रदान गर्ने र सामुदायिक पुस्तकालय स्थापना गरी दिने भन्ने निर्णय गरेपछि नेपाल जाने सँयोग परेकोले यसको जिम्मेवारी मलाई सुम्पीएको थियो ।
हङकङमा किन्ने मनसाय हुँदा हुँदै पनी तौल वापद पर्ने आर्थिक भार र भन्सारको झन्जटलाई मध्यनजर गरेर कम्प्युटर नेपालमा नै खरिद गर्ने निर्णय भयो । १७ इन्चको मोनिटर सहितको चार थान कम्प्युटर किन्नेकामको जिम्मा काठमाणडौमा कान्छा भाई अधिराजलाई दिइएको थियो ।
९२ हजारमा चार थान कम्प्युटर किन्ने र एसेम्बल गर्ने काम त सहज नै भयो तर कम्प्युटर टिभीहरु प्लेनबाट लान दिँदैन भन्ने कुराले हामीलाई खुबै सताएको थियो । त्यसको बिकल्पमा हाम्रो उपाय गाडीको बाटो गाइघाट हुँदै अनि भरिया लगाएर दिक्तेल लानुनै थियो । त्यसको लागी लामो समय लाग्ने र ढुवानी खर्च सस्तो भए पनि धेरै झन्जटिलो हुने हुनाले अर्को टाउको दुखाइको बिषय बनेको थियो ।
यसरी के गर्ने, कसरी समयमा नै कम्प्युटर बाम्राङ स्कूलमा पूरयाउने भन्ने अन्योलकै बिच के कुरा थाहा भयो भने काठमाण्डौबाट लामीडाँडा तर्फसामानको कार्गो गर्ने एजेन्सीहरु पाइन्छ । हाम्रो बाम्राङ परिवार हङकङको कोषाध्यक्ष लोकनारायण जोशीले दिक्तेलमा दाजुसँग फोनमा बोल्दा यो कुराको सुइको पाएछन् । उनको दाजु लिलासँग काठमाण्डौमा पुगेर फोन गरौँला कहाँ कसरी कार्गो एजेन्सीलाई सर्म्पर्क गर्न सकिन्छ र सामानलान सकिन्छ सल्लाह मागौला भनेको थिंए तर म काठमाण्डौ पुगे पछि दिक्तेल तर्फो सबैजसो फोन लाईनहरुले काम नगरेकोले केहि दिन सम्म र्सर्म्पक विहिन भए पनि काठमाण्डौमा स्थानीय साथीहरुबाट थाहा भयो सामान पठाउने दलाल वा एजेन्टहरु छ्याप्छ्याप्ती पाइँदो रहेछ । त्यसमा पनि मैले टिकट काटेको बुइपाली वसन्त श्रेस्ठबाट पनि सामान पठाइ दिन सकिने वचन पाएपछि एक हदसम्म ढुक्क भइयो ।

यता अर्कोतिर स्थानीय कार्गोको कम्पनीमा काम गर्ने एक जना व्याक्तिसंग पनि र्सर्म्पक भएको थियो । लामीडाँडासम्मको पनि प्रति केजी कति लाग्छ भन्ने कुराको एकिन गर्न नसकेकोले करीव ९० के जी को चारवटा कम्प्युटर दश हजार रुपैँयामा लान दिने निश्चीत भयो । जुन निर्णय सहि सावित पनि भयो । कार्गो कम्पनीबाट पठाइएको भए पनि त्यो भन्दा बढि लाग्ने सम्भवना थियो । यो पठाइएको कम्प्युटर एकै चोटि जान नसक्ने पालैपालो गरि दुइ वा तिन पटकमा मात्र लामीडाँडा पुग्ने सम्भावना रहेको कुरा टिकेटिङ लगायत यी सब ब्यावस्था मिलाउने बशन्त श्रेष्ठले भन्दै हुनुहुन्थ्यो । यी सबै कम्प्युटर लामीडाँडामा रमेश श्रेष्ठको रहनेछ र मैले लामीडाँडा पुगेपछि गाडी रिजर्भ गरेर लानुपर्ने भन्ने रहेको थियो ।
आफू लामीडाँडा उड्नु भन्दा दुइ दिन अगाडी कार्गो गरी पठाएको सामान त्यसैदिन लामीडाँडा पुगेर पनि दिक्तेल पठाइएको रहेछ । लामीडाँडामा रमेश श्रेष्ठले गाडीमा हालेर दिक्तेल पनि पठाइ सकेको रहेछ । आफू लामीडाँडा पुगेपछि गाडी रिजर्व गरेर लानु पर्ने अवस्था रहेन । सजिलै भएछ । फोन लाइनको समस्याले साबित्रा मा.बि का प्र. अ जिवन जोशीसंग र्सर्म्पक हुन नसके पछि भाइ उजुरको मोवाइल लाइनले राम्रै काम गरेकोले कम्प्युटर दिक्तेल आइपुगेको थाहा भयो ।

हाम्रो फ्लाइट डिले भएकोले बेलुका ५ बजेतिर लामीडाँडाबाट गाडी चढ्दा पनि राती ८ बजेमात्र दिक्तेलको रत्नपार्कमा पुर्यायो । गाडी स्टेशन नै भनौ त्यसै संगै रहेको एउटा घरमा कम्प्युटरहरु राखिएको थिए । हृयाण्डक्यारी बाहेक मेरो एउटा लगेज पनि त्यहि छाडेर भोली पल्ट सबै सामान लाने वचन दिएर त्यसरात रातारात गरेर घर बाम्राङमा आइपुगियो । त्यही तल नजिकै घरमा सुती रहेको जिबन सरलाई उठाएर आइपुगेको जानकारी दिदै भोली पल्ट स्कूलमा भेट्ने सल्लाहका साथ छुटियो ।
हिजो बेलुका छुटिदा जिबन सरले कम्प्युटर र सामानहरु भरीयाँ लगाएर आफूले बाम्राङ पठाइदिने भन्नु भएकोले विहानभरी त्यतिकै पर्खाइमा बसीयो । केहि नलागेपछि अबेलातिर स्कूल तर्फलागें । करिव ३४ बर्षपहिला आफू पढेको स्कूल करिव ११ बर्षछि टेकेको गाउँ र स्कूल पुग्दा रोमाञ्चक्ताको सिमानै थिएन । टिफिनको समय भएकोले केटाकेटीहरु बाहिर खेली रहेका थिए । अफिसमा प्राय सबैजसो शिक्षकहरु रहनु भएको थियो । र्सबप्रथम त हामिले दिइएको कम्प्युटर राख्ने कोठाको अवलोकन गर्ने काम भयो । दुइ तले भवनको माथिल्लो तलामा रहेको दुइवटा मध्य एउटामा अफिस रहेको र एउटामा रुम टु रिड (Room to read) ले प्रदान गरेको पुस्तकालयलाई भुइंतलामा सारेर त्यसको ठाँउमा कम्प्युटर कक्षा सञ्चालन गर्ने सोचा रहेको जानकारी दिनु भयो । शुरक्षाको लागी कोठाको झ्यालमा फलामे रड जडान गर्नु पर्ने र सिलिङ र भुइंमा पनि दह्रो बनाउनु पर्ने कुरा बिद्यालयले परिवारले पनि सोची सकेको रहेछ । बाम्राङ परिवार हङकङले पुस्तकालयको पनि अवधारणा लिएको थियो । ढुंगा खोज्दा देउता मिल्यो भने झैं खोटाङ विकाश मञ्च मार्फ रुम टु रिडले प्रदान गर्ने गरेको पुस्तकहरु प्राय गरी एकहद सम्म पुस्तकालय सञ्चालनमा आइसकेको रहेछ । सञ्चालनमा आइ पर्ने कठिनाइ यथावत हुंदा हुंदै पनि हाम्रो बाम्राङ परिवार हङकङले पनि यसै सञ्चालनमा आइरहेको पुस्तकालयलाई पुस्तक र केहि फर्निचरहरु प्रदान गर्ने बचनबद्ध गर्ने काम भयो । यसको लागी हङकङमा पनि र्सर्म्पक गर्ने काम भयो ।
यो थियो नोभेम्बर ३, २००८ को कुरा । कम्प्युटर हस्तान्तरणको लागी एउटा कार्यक्रम नै राख्ने भन्ने विद्यालय परिवारको निर्णयबमोजीम नोभेम्बर ६ को दिन तोकियो । विद्यालय ब्यावस्थापन समितीका पदाधिकारीहरुलाई पत्र काट्नेकाम भयो । र बाँकि सम्पुर्ण बाम्राङवासीहरुलाई रुपाकोट सामुदायिक रेडियो मार्फ आहृवान गरीयो । विहान र बेलुका प्रशारण हुने यो रुपाकोट रेडियो प्राय सबैले सुन्ने गरेको रहेछ । त्यसैले बाम्राङ परिवार हङकङले बाम्राङ स्कूललाई चार थान कम्प्युटर हस्तान्तरण गर्ने कुरा बाम्राङमा मात्र होइन पुरै जिल्ला भरी प्रशारण भयो । रेडियो सुनेर थाहा पाउने सबै बाम्राङ्गेहरु हस्तान्तरणको कार्यक्रममा आउन नभ्याए पनि कम्प्युटर आइपुगेकोबारे सबैले थाहा पाए । वेलुकातिर दुइ जना कामदार भाइहरुलाई कम्प्युटर लिन दिक्तेल पठांए । अलि अवेला भएकोले एकपटक मात्र ल्याउन भ्याए । बाँकि भोली पल्ट विहान गएर ल्याए । हस्तान्तरणकार्यक्रमको दिन सम्मकोलागी मेरै घरमा राखीयो विद्यालयबाट नजिक र अन्य व्याबहारिक दृष्टिकोणले पनि यसो गरियो । यताउता गाउँ डुल्दा र दिक्तेल बजार जाँदा बाम्राङ परिवार हङकङले कम्प्युटर पठाएको र तपाई आउनु भएको कुरा रुपाकोट सामुदायिक रेडियोबाट थाहा भयो भन्नेहरु पनि थुप्रै भेटियो ।
हस्तान्तरणको कार्यक्रम नोभेम्बर ६ को दिन एघार बजे तोकिएको थियो । एक जना भुजेल भाइलाई कम्प्युटर स्कूलसम्म पुयाउन भनेको थिँए । उ अलि ढिलो गरी आएकोले म पनि ठिक एघार बजे पुग्न सकिन । केहि ढिलो भए पनि म सम्पुर्ण कम्प्युटरकासाथ स्कूलमा पुग्दा आइपुग्नु पर्ने सबै बिद्यालय पदाधिकारीहरु अबिभावकहरु, शिक्षक, राजनितिक पार्टिका प्रतिनिधीहरु, समाजसेवी, विधार्थीहरु आइपुगीसकेको थिए । आ आफ्नो स्थानमा आशन ग्रहण गरीसकेको थिए ।
एक लाइनमा हामीले प्रदान गर्ने भनीएको चार थान कम्प्युटरहरु लस्करै राखीएका थिए र यसको अकौ छेउमा अबिर मालाको निकै ठुलै चाङ राखीएको थियो । हेरे र सोचे फूलको माला बाम्राङ परिवार हङकङका सबै जनालाई एक एकवटा पुग्ने रहेछ । हुन पनि यो माला र अवीर हामी बाम्राङ परिवार हङकङ भित्र रहेका भान्जा भान्जी छोरी ज्वाईं यस कम्प्युटर किन्नमा सहयोग गर्ने सबै इस्टमित्रहरुलाई हो । म आज त्यसको प्रतिनिधित्व मात्र गरीरहेको छु ।
गाउँका यूवाहरुको उपस्थीति कमै रहेका भए पनि कार्यक्रम व्याबस्थीत थियो । त्यस विद्यालयमा कार्यरत शिक्षक भोजपुरका शरण खत्रीले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ८२ बर्षीय इमानसीं र्राईले सभापतित्व गर्नु भएको थियो । अबिभावक, शिक्षकसघंका अध्यक्ष राजनितिक पार्टिका प्रतिनिधि शिक्षक आदिको अथित्य ग्रहण गरे पछि प्र अ जिवन जोशीले स्वागत मन्तव्य दिनु भएको थियो । बाम्राङ परिवार हङकङलाई प्रमुख अतिथी बनाइएको थियो । अबिभावकसंघको तर्फाट हरि खतिवडा विद्यालय व्यावस्थापकको तर्फाट लखन राई, बाम्रङ यूवा क्लबको तर्फाट ललित राई, नेकपा माओवादीको तर्फाट कर्ण राई, नितु राई स्मृती प्रतिष्ठानको तर्फाट प्रकाश राई, नेपाली काग्रेसको तर्फाट टंक खतिवडाले मन्त्यब्य दिनु भएको थियो । आ आफ्नो मन्तव्यको क्रममा अधिकाँश वक्ताहरुले आफ्नो गाउँ छाडेर परदेशमा रहेता पनि आफ्नो गाउँलाई मायाँ गरी रहने बाम्राङ परिवार हङकङ प्रति आभार प्रकट गर्नु भयो । यसकोसाथै पाएको साधनलाई सहि ढगंले प्रयोग गर्नु पर्ने सुझाबहरु पनि राख्नु भयो । प्रमुख अतिथीको तर्फाबाट यस पंक्तिकारले नेपालमा सहयोग गर्ने भन्ने वितिकै शंका हुन्छ त्यो सहि सहयोग हुन्छ कि हुदैन भनेर तर हामिलाई हालसम्म बाम्राङमा सहयोग गर्न कुनै हिच्कीहाट भएको छैन । हामिलाई तपाइँहरुमा भरोसा भएकोले नै विगत देखि सहयोग गर्दै आएका छौं । यस कम्प्युटर पनि सदुपयोग भएमा अन्य सहयोग पनि गर्दै जाने छौं भन्ने कुरा राखें । विद्यालयको भवनको अव्यावस्थीत रुपले यत्रतत्र भएको प्रशंगमा अव आइन्दा यस्तो नहोस । यसलाई व्यावस्थीत गर्न भविश्यमा सोच्दै जाउँला भन्ने मनसाय राखियो । र कार्यक्रम विर्सजन गर्ने क्रममा इमानसीं र्राईले पनि सर्म्र्पुण हङकङ बासी बाम्राङ्गेहरुलाई धन्यवाद दिनु भयो । हालसम्म यस जिल्लामा नेर्पा गाउँको हाइ स्कुलमा कम्प्युटर रहेको थाहा लागेकोछ त्यसपछि यस हाम्रै बिद्यालयमा हामिले कम्प्युटर पुर्याउन सक्यौं । आफ्नो गाउँको मायालाई अलिकति भएपनि दर्शाउन सक्यौं । आज गाउँमा जागरुक र उर्जासिल युवाहरुको कमी रहेकोछ । यस अवस्थामा गाउँलाई ठूलो प्रेरणा र उत्साह मिलेको महसुस गर्न पाएँ ।
बेलुमा सांझ फेरी रुपाकोट सामुदायिक रेडियोले समाचारमा प्रशारण गरेको थियो । आज बाम्राङ परिवार हङकङले श्री सावित्रा मा. वि बाम्राङलाई चार थान कम्प्युटर एक समारोहकाबिच हस्तान्तरण गर्यो ।….
                                                                                                  किन्दर राई 

4 Responses to “गाउँको स्कुलमा कम्प्युटर पुर्याईयो ।”

  1. rabindra Says:
    November 25th, 2008 at 3:49 pm ऐकदम राम्रो काम भएको छ । सहर र गाऊवीच शैक्षिक तथा क्षमता विकासको अवसरको दुरीलाई कम गर्ने देखिन्छ । साथै जिल्लालाई सुचना प्रविधिको वाटोमा दोहोरयाउन सघाउ गर्ने छ । सघाउ र पहल गर्ने सबैलाई सलाम गर्न चाहान्छु ।
  2. Subash Rai Says:
    November 25th, 2008 at 5:24 pm It is really a very high and most valuable contribution to the school and such a lucky students those who has been studying in that school, and of course Bamrang Pariwar had done too good, i really appreciated to read this news and reality of contribution 4 set of computers for the rural and remote country, like our District Khotang. thanks a lot and go a head to do more…….
    Subash Puma Rai, Tsuen Wan. HK.
  3. Harikumar Rai Says:
    December 3rd, 2008 at 5:51 am This is an excellent news, with a great idea and so well thought. Many thanks to all Banmrang Pariwar Hong Kong. You are the leader for this kind of matters and this is such a weldone.

Harikumar Rai
UK

  • DIPESH RAI Says:
    January 5th, 2009 at 6:56 pm KINDAR JEE MERO PANI TAPAI HARU KO SAHAYOG DEKHERA KHUSHI KO SIMA NAI KASARI BARNAN GARU….. ANYWAY SADHAI YASTAI GAROU ANI GARNU PAIYOS DHANYABAD.
    DIPESH RAI UK
  • January 10, 2009 - Posted by bamrang | समाचार, सस्मरण | | 1 Comment

    1 Comment »

    1. this is a good news for all bamrange family.thanks for the new procedures and those who helped to do this .keep it up daju bhai deedi bahini haru

      Comment by bikram rai | April 3, 2009 | Reply


    Leave a comment